१९ मंसिर २०८१, बुधबार । December 4, 2024

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेस विजयी, माओवादी तेस्रो



रोल्पा । माओवादीको गढ मानिएको रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भुपमणि पुनमगर विजयी भएका छन्। एक हजार दुई सय ९७ मत खसेकोमा उनले ६ सय ४३ मत ल्याएर विजयी भएका हुन। निकटतम प्रतिद्वन्द्वीसँग उनको मतान्तर १ सय ८ रहेको छ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याए भने माओवादीका उम्मेदवार नरेशजंग सिंहले मात्र ७० मत प्राप्त गरे। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए।

उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल विशेषः कर्णाली याक्सको लगातार दोस्रो हार, काठमाडौंको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चोथौ दिनको पहिलो

सुनको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको

शिखर धवनको अर्धशतक, काठमाडौंले पायो १ सय ५० रनको लक्ष्य

काठमाडौं । शिखर धवनकाृ अर्धशतकको मद्दतमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई

एनपीएल विशेषः कर्णाली याक्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौं

काठमाडौं । एनपीएल अन्तर्गत चौथो दिनको पहिलो खेलमा कर्णाली याक्सविरुद्धको

अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर