१४ मंसिर २०८१, शुक्रबार । November 29, 2024

मौसम सामान्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलः कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यू–१९ एशिया कपः श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा

जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रास्वपा सभापति रवि