४ मंसिर २०८१, मंगलबार । November 20, 2024

उपनिर्वाचन-२०८१ः आज उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने



काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने छ ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ। आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गरिने छ ।

त्यस्तै, बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ। आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलः विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर

एनपीएलः इङ्गल्यान्डका बलर नाथनले काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । इङ्गल्यान्डका बलर नाथन सोउटरले काठमाण्डौ गुर्खाजबाट पहिलो संस्करणको

डडेल्धुरामा जीप दुर्घटना, २ जनाको मृत्यु ३ गम्भिर घाइते

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

चौथो अभ्यास खेलमा कर्नाटकसँग पराजित भयो नेपाल, सिरज २-२ को बराबरीमा

काठमाडौं । चौथो अभ्यास खेलमा नेपाली यू १९ टोलीविरुद्ध भारतको

५१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसुचक