६ कार्तिक २०८१, मंगलबार । October 23, 2024

आजको मौसमः देशभर चिसो बढ्दै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६६ हजार नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर