९ चैत्र २०८२, सोमबार । March 23, 2026

आजको मौसमः देशभरको तापक्रम घट्दै, कोशीमा हल्का वर्षाको सम्भावना


२९ आश्विन २०८१, मंगलबार  

165
Shares

काठमाडौं । हाल देशमा पोस्ट मनसुन चलिरहेको छ ।

सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा पनि जारी छ । मौसम मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले देशभरको तापक्रम घट्न थालेको र आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

महाशाखाका अनुसार हिजो (सोमबार) र आज (मंगलबार) काठमाडौं उपत्यकाको तापक्रम १६ डिग्री हाराहारी कायम रहेको छ । साथै महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको पनि बताएको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali