२८ आश्विन २०८१, सोमबार । October 14, 2024

बडादशैंः टीका र आशीर्वाद थाप्नेक्रम आजपनि जारी



एजेन्सी । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज पनि जारी रहेको छ ।

नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताएको छ । रासस

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज विजयी

एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले पाँच विकेटको

युरोपियन नेसन्स लिगः इङ्गल्यान्डसँग ३–१ गोल अन्तरले पराजित भयो फिनल्यान्ड

एजेन्सी । युरोपियन नेसन्स लिगमा इङ्गल्यान्डले फिनल्यान्डविरुद्ध सहज जित दर्ता

यस्तो छ सोमबारका लागि विदेशी मुद्रोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र

बडादशैंको तेस्रो दिनः आजपनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीको दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको