२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

एएफसी च्याम्पियन्स लिगः रोनाल्डो र मानेको गोलमा अल नासर विजयी



एजेन्सी । एशियन च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न भएको खेलमा अल नासरले कतारी क्लब अल रियान पराजित गरेको छ ।

अल नासरले अल रियानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए । आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै उनले यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन् ।

त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए । यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो ।

यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल रियानले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक