३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

बरिष्ठ पत्रकारहरुको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, पत्रकारितालाई गुणस्तरीय बनाउनेमा जोड



काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताए । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा उपप्राध्यापकहरु डा देवराज अर्याल, शशीनाथ मराशिनी, डा घमराज लुईँटेल तथा विज्ञापन बोर्डका अध्यक्षसमेत रहेका लेक्चरर लक्ष्मण हुमागाँईलगायतले शुभकामनासहितको मन्तब्य राखेका थिए । उक्त क्याम्पसका तेस्रो सेमेस्टरका विद्यार्थीसमेत रहेका कार्यक्रमका संयोजक बाबुराम आचार्यले पत्रकारिता बिषय इथिकिल हुनु हुँदा त्रिभूवन विश्वविद्यालयलाई इथिकल बनाईनुपर्ने विचार व्यक्र गरेका थिए ।

भब्य रुपमा सम्पन्न कार्यक्रममा तेस्रो सेमेस्टरका बिद्यार्थीको आयोजनामा विभागमा अध्ययनरत चौथो सेमेस्टरका विद्यार्थीको विदाइसमेत गरिएको थियो । त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी