११ चैत्र २०८२, बुधबार । March 26, 2026

द ग्रेट हिमालयन ट्रेलः तल्लो खण्डको वृत्तचित्र प्रदर्शन सम्पन्न


१३ आश्विन २०८१, आइतबार  

51
Shares

काठमाडौं । द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ ।

शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडौंको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजा, पर्यटनविद् भरत प्रसाद बडाल लगाएतको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय ग्रामिण विकाश केन्द्रीय विभागका उप प्राध्यापक डा.राजन बिनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिला बहादुर विश्वकर्माले गत वर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्लाको पदमागर्ग केवल ४१ दिनमा पार गर्न सफल भएका थिए । सोहि यात्रा अनुभव र दृष्टान्त समेटेर वृत्तचित्र निर्माण गरिएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख राणाले शिक्षण पेशामा रहेर पनि देशको पर्यटन प्रवद्दन र विकाशमा टेवा पुर्याउने पुर्याउने हुटहुटी बोकेर पदयात्रा आरम्भ गरेकोमा पदयात्रीद्वयलाई धन्यवाद दिइन् । यस्तै पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने पर्यटन प्रवद्दनको काम व्यक्तीले आफ्नै खर्चमा गर्दासमेत राज्यले बेवास्ता गरेकोमा दुखेसो व्यक्त गरिन् । गुरुङले आगामी दिनमा पयर्टनसँग सम्बन्धित काम गर्दा फलदायी हुने सुझाव दिइन् । कार्यक्रममा बोल्दै पा. डा.प्रेम शर्माले आजको समयमा शिक्षण पेशा व्यवहारिक बनाउनुपर्ने भन्दै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढाउने बताए ।

पदयात्री विश्वकर्माले द ग्रेट हिमालयन ट्रेलको तल्लो खण्डको यात्रा गर्न चाहने पर्यटकहरुलाई आकर्षित गर्न तथा सो रुटमा पर्ने जनजिविकाको अध्ययनका लागि सहजता प्रदान गर्नका लागि पदयात्रा गरिएको उल्लेख गरे । कार्यक्रमको सभापतित्व गर्नुभएका पदयात्री डा. पासाले यो साहसीक पदयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्दन गर्नका लागि वृत्तचित्र निर्माण गरिएको बताए ।

४४ मिनेट लामो वृत्तचित राजन विनायक पासा ९च्बवबल द्यष्लबथबप एबकब थ्यगतगदभ ऋजबललभ०ि गएर हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali