१८ पुस २०८२, शुक्रबार । January 2, 2026

द ग्रेट हिमालयन ट्रेलः तल्लो खण्डको वृत्तचित्र प्रदर्शन सम्पन्न



काठमाडौं । द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ ।

शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडौंको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजा, पर्यटनविद् भरत प्रसाद बडाल लगाएतको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय ग्रामिण विकाश केन्द्रीय विभागका उप प्राध्यापक डा.राजन बिनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिला बहादुर विश्वकर्माले गत वर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्लाको पदमागर्ग केवल ४१ दिनमा पार गर्न सफल भएका थिए । सोहि यात्रा अनुभव र दृष्टान्त समेटेर वृत्तचित्र निर्माण गरिएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख राणाले शिक्षण पेशामा रहेर पनि देशको पर्यटन प्रवद्दन र विकाशमा टेवा पुर्याउने पुर्याउने हुटहुटी बोकेर पदयात्रा आरम्भ गरेकोमा पदयात्रीद्वयलाई धन्यवाद दिइन् । यस्तै पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने पर्यटन प्रवद्दनको काम व्यक्तीले आफ्नै खर्चमा गर्दासमेत राज्यले बेवास्ता गरेकोमा दुखेसो व्यक्त गरिन् । गुरुङले आगामी दिनमा पयर्टनसँग सम्बन्धित काम गर्दा फलदायी हुने सुझाव दिइन् । कार्यक्रममा बोल्दै पा. डा.प्रेम शर्माले आजको समयमा शिक्षण पेशा व्यवहारिक बनाउनुपर्ने भन्दै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढाउने बताए ।

पदयात्री विश्वकर्माले द ग्रेट हिमालयन ट्रेलको तल्लो खण्डको यात्रा गर्न चाहने पर्यटकहरुलाई आकर्षित गर्न तथा सो रुटमा पर्ने जनजिविकाको अध्ययनका लागि सहजता प्रदान गर्नका लागि पदयात्रा गरिएको उल्लेख गरे । कार्यक्रमको सभापतित्व गर्नुभएका पदयात्री डा. पासाले यो साहसीक पदयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्दन गर्नका लागि वृत्तचित्र निर्माण गरिएको बताए ।

४४ मिनेट लामो वृत्तचित राजन विनायक पासा ९च्बवबल द्यष्लबथबप एबकब थ्यगतगदभ ऋजबललभ०ि गएर हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together