१२ बैशाख २०८३, शनिबार । April 25, 2026

पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप, १५ जनाको मृत्यु


९ आश्विन २०८१, बुधबार  

18
Shares

एजेन्सी । उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादमा भएको झडपमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो। गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच झडप भएको थियो। भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल साम्प्रदायिक झडपमा परिणत भएको छु, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले बताए। शनिबारदेखि भएको झडपमा १५ जनाको मृत्यु भएको उनले बताए।

आधिकारिक समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस अफ पाकिस्तान’ले झडपमा करिब २० जना घाइते भएको जनाएको छ। पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायका जनजातिबीच लामो समयदेखी विवाद कायम रहेको छ। जुलाईमा उनीहरुबीच भएको पछिल्लो झडपमा ३५ जनाको मृत्यु भएको थियो।

मुख्यतया सुन्नी मुस्लिम बाहुल्य पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोगेको आरोप लगाएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin