७ चैत्र २०८२, शनिबार । March 21, 2026

एसईईको ग्रेड वृद्धि परिक्षाको नतिजा सार्वजनिक, ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण


८ आश्विन २०८१, मंगलबार  

909
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि(पूरक) परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन्।

यो ५६ दशमलव ७८ प्रतिशत हो। २ लाख १० हजार तीन २१ जनाले परीक्षा दिएको थिए। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार परीक्षाफल प्रकाशन गरेको हो। २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्।

कार्यालयले ८ जनाको उत्तरपुस्तिका रद्द गरेको छ। ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १ दशमलव ६ देखि २ दशमलव ० ल्याउने ६४ जना, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २ दशमलव ८१ देखि ३ दशमलव ० ल्याउने २३ हजार ६ सय २३ जना छन्।

त्यस्तै जीपीए ३ दशमलव १ देखि ३ दशमलव ६ ल्याउने १ हजार ५ सय १८ जना छन्। लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड (एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ। २०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७ दशमलव ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। त्यो परीक्षामा अनुत्तीर्णले पूरक परीक्षा दिएका हुन्।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो