६ फाल्गुन २०८१, मंगलबार । February 18, 2025

लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९२ पुग्यो



एजेन्सी । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले लेबनानमा इजरायली आक्रमणमा मृत्तु हुनेको चार सय ९२ जना पुगेको बताएका छन्।

मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएको बीबीसीले जनाएको छ। यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन। त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा घातक दिन भएको समेत जनाएको छ। ‘यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो’ अबियादले पत्रकार सम्मेलनमा भने, ‘लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन्।’

उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए।प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए।

इजरायलले दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ। हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ। स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरुमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ। मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरु पनि छन्।

विश्व शक्तिहरले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन्। पछिल्ला दिनहरुमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररुपमा सरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२६ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालको सार्वजनिक ऋण

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

आगामी वर्षका लागि १९ खर्ब बजेट ‘सिलिङ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको

क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना, ३ जनाको अवस्था गम्भिर

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ ।

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः