१५ माघ २०८१, मंगलबार । January 28, 2025

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ जना घाइते



काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार मंगलबार बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका हुन् । बसमा कम्तीमा ४५ जना यात्रु सवार रहेको बताइएको छ। अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तिर्थयात्रुलाइ गरे समाजसेवी दुबेले सम्मान

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीका

आजको विनिमयदरः पुनः बढ्यो अमेरिकी डलरको भाउ, युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, देशका अन्य भू-भागमा कस्तो छ मौसम ?

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको

माघ १५ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १५ गते

प्रतितोला ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको