२१ मंसिर २०८२, शनिबार । December 6, 2025

रविको चेतावनीः कसैको राजनीति जोगाउन पक्राउ गरिए प्रतिवाद गछौँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पञ्चायत शैलीमा आफूमाथि धरपकड भएको बताएका छन्।

उनले आफू कसैको राजनीति बचाउनका लागि पक्राउ हुनु पर्ने अबस्था आएको भन्दै यो धरपकड सह्य नहुने पनि बताएका हुन् । साथै उनले प्रहरीको अनुसन्धानले दोषी नदेखिएको तथा सरकारका निकायको छानबिन गरेर पनि दोषाी नदेखिएको अवस्थामा जबर्जस्ती रुपमा आफू विरुद्ध कसैले आफ्नो राजनीति जोगाउन धरपकड गरेको बताए।

उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सरकारले सर्वाधिक मत ल्याएर संसदमा रहेको एक जनप्रतिनिधि विरुद्धको यो प्रकारको ट्रायल सह्य नहुने बताए। उनले आफ्ना समर्थकलाई सरकारको भरोसा नभएको भन्दै आवश्यक पर्दा यसको विरुद्ध सडकमा निस्कनका लागि पनि तयार हुन आग्रह समेत गरे।

उनले सरकार सहकारीपीडितको बचत फिर्ताका लागि कुनै कार्य नगरेको तर रवि लामिछानेलाई जसरी पनि पक्राउ गर्ने र रास्वपालाई सिद्याउने षड्यन्त्रमा लागेको भन्दै कुनै पनि हालतमा रास्वपा नसिद्धिने र झनै बलियो भएर उठ्ने विश्वास दिलाएका छन् । साथै उनले सहकारी पीडितहरुका लागि रास्वपा सडकमा उनीहरुको पैसा फिर्ताको आन्दोलनको नेतृत्व गर्न तयार भएको समेत बताए ।

साथै उनले चीन भ्रमणमा रहेको रास्वपा टोलीलाई स्वदेश फर्कन लागेको जानकारी पनि गराए। उनले सम्बोधन गरिरहँदा ठुलो संख्यामा उपिस्थित रास्वपा समर्थकले सरकार विरुद्ध कडा नाराहरु लगाएका थिए।

प्रहरीले आइतबार नै उनी गोर्खा मिडियामा हुँदाका व्यावसायिक साझेदार छविलाल जोशीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको