२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

हेटौंडामा ग्यास बुलेटको ठक्करले साइकल यात्रीको मृत्यु



हेटौंडा । ग्यास बुलेटको ठक्करबाट हेटौंडामा एक साइकल यात्रीको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो । भक्तपुर सुडाल घर भई हेटौंडा– ११ थानाभर्‍याङमा उनी बस्दै आएका थिए । हेटौंडा बजारबाट थानाभर्‍याङ तर्फ जाँदै गरेको साइकललाई ग्यास बुलेटको ठक्करबाट पाण्डे घाइते भएका थिए ।

घाइते पाण्डेको हेटौंडा अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीले साइकललाई ठक्कर दिने एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेट र चालकलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई