१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने



दमौली । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कार्यका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रमा उक्त दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।

डुम्रे सबस्टेसनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङटार फिडरको पुरानो ११ केभी स्विच गियर प्यानलहरू बदली तथा ‘चार्ज’ गरिने उनले बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द हुने जनाइएको छ ।

उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा