८ चैत्र २०८२, आइतबार । March 22, 2026

बाँकेमा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु, तीन घाइते


३ आश्विन २०८१, बिहिबार  

1.3k
Shares

बाँके । बाँकेको राप्तीसोनारीको–४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ तीन जना घाइते भएका छन्।

बुधबार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय धामपुरका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्तीसोनारी–४ घर भएका भे १२ प ३१९५ का ३५ वर्षीय चालक रामशरण थारु र सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्दिया राजापुर– ४ घर भएर हाल राप्तीसिनारी-४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको छ।

भे १२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी–३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन्।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो