२९ पुस २०८२, मंगलबार । January 14, 2026

आज र भोलि काठमाडौंको दरबारमार्गमा गाडी चलाउन नपाइने



काठमाडौं । काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ ।

भोलि रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले