२३ माघ २०८२, बिहिबार । February 5, 2026

आज र भोलि काठमाडौंको दरबारमार्गमा गाडी चलाउन नपाइने



काठमाडौं । काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ ।

भोलि रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल