१९ माघ २०८१, शनिबार । February 1, 2025

भाद्र शुक्ल चतुर्दशीः इन्द्रजात्रा, अनन्त चतुर्दशी



काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ ।

काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको