६ आश्विन २०८१, आइतबार । September 23, 2024

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर ! प्रतिवेदन बुझाउँदै समिति



काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।

समितिले तयार पारेको प्रतिवेदन सोमबार नै संसदमा पेस गर्ने तयारी छ । समिति सभापति सूर्यबहादुर थापाले सहकारी ठगीका विषयमा तयार पारिएको प्रतिवेदन दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने संसदको सम्भावित कार्यसूचीमा छ । गोर्खा मिडिया नेटवर्कको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा अध्यक्षका रूपमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशकका रूपमा लामिछानेको हस्ताक्षर भेटिएको छ ।

समितिले लगानीको स्रोत, खर्च र कानुनी दायित्व जेसुकै भएपनि लामिछानेलाई उन्मुक्ति दिन सक्ने ठाउँ नदिएको प्रतिवेदनमा उल्लेख गरेको छ । समितिका एक सदस्यका अनुसार, कम्पनीका अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फारम भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पनि पुष्टि भएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीलाई तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको पुष्टि भएको छ । तर, कम्पनीका प्रबन्ध निर्देशक लामिछानेले सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाएर ५ वैशाख २०७७ मा कम्पनी रजिस्ट्रारको कार्यालयबाट शेयर कायम गराएको पनि खुलेको छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको समयमा मात्रै गोर्खा मिडिया नेटवर्कमा सहकारीको ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा भित्रिएको समितिको ठहर छ । समितिले तयार परेको प्रतिवेदन अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको गरी ९५ करोड ८१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा भित्रिएको पाइएको छ ।

समितिले सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित ९ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । आज पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १०

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

११ दशमलव ५८ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५८ हजार ८ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।