१ माघ २०८२, बुधबार । January 14, 2026

गोरखामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते



गोरखा । गोरखामा भएको सवारी दुर्घटनामा परि एक नेपाली सैनिकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा शनिबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक को २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले