९ बैशाख २०८२, मंगलबार । April 22, 2025

भियतनाममा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको संख्या १ सय २७ पुग्यो



एजेन्सी । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ ।

गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ ।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २ सय ३ किलोमिटरको वेगको यस आँधीबाट २ सय ४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् । यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली आँधी हो ।

भियतनामको व्यस्त रहने फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिए । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको खबरमा उल्लेख छ ।

भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी प्रान्तमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै