२९ पुस २०८२, मंगलबार । January 14, 2026

गुडिरहेको ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु



चितवन । चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२९ चुनेखोलास्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति ८ः४० बजे भैंसी लिएर काठमाण्डौंतर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षीय कृष्णबहादुर थापा रहेका छन्। गुडिरहेको ट्रकको बायाँ साइटमा ठोक्किएर गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले बताएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले