१४ पुस २०८२, सोमबार । December 29, 2025

उदयपुरमा आमा–छोराको हत्या



उदयपुर । कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ ।

वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको बिहीवार बिहान पसलमै शव भेटिएको हो । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा–छोराको शव देखेका थिए ।

‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको हो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेका चोटहरू देखिएको जानकारी आएको छ ।’ इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मलाका श्रीमान् अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।खड्काले भने, ‘तीनसय मिटर पर मूलघर थियो बुधवार राति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना भएछ ।’ घटनास्थल पुगेकी कटारीकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको बताइन् ।

स्थानीय दीपक राउतले बुधवार साँझ ८ बजेसम्म मूलघरका देवरहरूसँग निर्मलाको फोनमा कुरा भएको बताए । ‘साना–साना देवरहरू रहेछन्, उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे । बिहान घरमा खसी काट्ने सल्लाह रहेछ, राति हत्या भएछ’, राउतले सुनाए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई