२२ माघ २०८२, बुधबार । February 4, 2026

उदयपुरमा आमा–छोराको हत्या



उदयपुर । कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ ।

वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको बिहीवार बिहान पसलमै शव भेटिएको हो । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा–छोराको शव देखेका थिए ।

‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको हो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेका चोटहरू देखिएको जानकारी आएको छ ।’ इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मलाका श्रीमान् अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।खड्काले भने, ‘तीनसय मिटर पर मूलघर थियो बुधवार राति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना भएछ ।’ घटनास्थल पुगेकी कटारीकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको बताइन् ।

स्थानीय दीपक राउतले बुधवार साँझ ८ बजेसम्म मूलघरका देवरहरूसँग निर्मलाको फोनमा कुरा भएको बताए । ‘साना–साना देवरहरू रहेछन्, उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे । बिहान घरमा खसी काट्ने सल्लाह रहेछ, राति हत्या भएछ’, राउतले सुनाए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल