२८ बैशाख २०८२, आइतबार । May 11, 2025

असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिँदै



काठमाडौं । नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वको प्रतीक धरहरा अन्ततः सर्वसाधारणका लागि खुला हुने भएको छ ।

सरकारले आगामी असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ । तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको धरहरा सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो । सरकारले धरहरा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेसँगै धरहरा निर्माणको जिम्मेवारी पाएको रमण कन्स्ट्रक्सन कम्पनीले पनि आफ्नो कामलाई तीव्रता दिएको छ ।

कम्पनीकाअनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ । यसबीचै, प्रधानमन्त्री ओलीले पनि धरहरा सञ्चालनमा ल्याउने विषयमा विशेष चासो देखाएका छन् ।

उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको धरहरालाई गति दिन उनले गत साउन १४ गते मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप