पाँचथर । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए भने बिस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते बालक पवनको पाँचथर अस्पतालमै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको उपचाररत अस्पतालले जनाएको छ । बालबालिका घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया