५ असार २०८३, शुक्रबार । June 19, 2026

पहिरोमा पुरिएर भारतमा चार नेपालीको मृत्यु


७ भदौ २०८१, शुक्रबार  

423
Shares

एजेन्सी । भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ।

बिहीबार राति परेको अविरल वर्षापछि पानी जम्मा गर्ने ताल खाट गडेरे नजिकै पहिरो खसेको थियो। मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले लियादेवी सडक अवरुद्ध हुँदा एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको बताए।

मुसलधारे वर्षाका बीच एसडीआरएफका जवानले खनेरै शव बाहिर निकालेका थिए। शवलाई रुद्रप्रयाग लगिने बताइएको छ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा