९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पाकिस्तानमा मनसुनी वर्षाका कारण २ सय १५ जनाको मृत्यु


५ भदौ २०८१, बुधबार  

78
Shares

एजेन्सी । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २ सय १५ जनाको मृत्यु भएको छ।

जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि सुरु भएको मनसुनमा घाइतेको संख्या ४ सय ५ पुगेको एनडिएमएले जनाएको छ। सिजनभर मृतकहरूमा १ सय ८ बालबालिका र ३२ महिलाहरू समावेश छन्।

पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो। त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ। एनडिएमएले उल्लेखित अवधिमा ४ सय ४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५ सय ७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ।

आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १ सय २ जनाले उपचार वा राहत पाएको जनाएको छ।

मनसुन सिजन दक्षिण एसियाली देशमा सेप्टेम्बरसम्म चल्छ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको