२८ पुस २०८२, सोमबार । January 12, 2026

बाढी र पहिरोमा परि हालसम्म १ सय ७३ जनाको मृत्यु, ४८ जना बेपत्ता



काठमाडौं । नेपालमा मनसुन भित्रिएको दुई महिनामा बाढी पहिरोलगायतका विपदमा परी एक सय ७३ जनाको ज्यान गएको छ ।

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यसयता देशका विभिन्न ठाउँमा बाढीपहिरो लगायतका घटनामा परी हिजोसम्म एक सय ७३ जनाले ज्यान गुमाएका हुन् । काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय २३ जना घाइते भएका छन् । बागमती प्रदेशमा ४१ जना, कोशी र गण्डकी प्रदेशमा दुई–दुई जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जना गरी जम्मा ४८ जना बेपत्ता छन् ।

बाढीको कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई महिनाको अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले