८ चैत्र २०८२, आइतबार । March 23, 2026

बाङ्लादेशमा रहेको सबै नेपाली विद्यार्थी सुरक्षित छन्ः दूतावास


२१ श्रावण २०८१, सोमबार  

30
Shares

एजेन्सी । बाङ्लादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। ‘बाङ्लादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासले भनेको छ। विद्यार्थीको आन्दोलनका कारण बाङ्लादेशमा सोमबार बिहानैदेखि देशभर कर्फ्यू लगाइएको छ।

राजधानी ढाका सहित देशका प्रमुख शहरमा ठूलो संख्यामा सैनिक परिचालन गरिएका छन्। आइतबार भएको झडपमा ९५ जनाको ज्यान गएको छ। बाङ्लादेशमा रहेका केही विद्यार्थी स्वदेश फर्किइसकेका छन्। अहिले त्यहाँ करीब ४०० विद्यार्थी रहेको दूतावासले जनाएको छ। ‘बाङ्लादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करीब ४०० विद्यार्थी सहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहनुभएको र उहाँहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, दूतावासले स्वदेश फर्किन चाहने विद्यार्थीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ। दूतावासमा सम्पर्क गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले सचेत गराएको छ। बाङ्लादेशको स्वतन्त्रता आन्दोलनमा सहभागीका परिवारलाई दिंदै आएको आरक्षण हटाउन माग गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढीको ज्यान गएको छ।

त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ। पछिल्लो पटक आइतबारदेखि आन्दोलन फेरि चर्किएको हो। यस पटक भने आन्दोलनकारीले प्रधानमन्त्री शेख हसीनाको राजीनामाको माग गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो