२४ पुस २०८२, बिहिबार । January 8, 2026

काठमाडौं उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । यतिबेला काठमाडौं उपत्यकामा भारी बर्षा भइरहेको छ ।

काठमाडौंको कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा भारी बर्षा भइरहेकाले बाग्मती, धोबीखोला र विष्णुमती नदीमा पानिको बहाव बढेको छ । विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ । यसैगरी पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी स्याङ्जाको पञ्चमुलमा ८० दशमलव २ र पश्चिम नवलपरासीको देउरालीमा ७१ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाँसखर्क केन्द्रमा पछिल्लो ६ घण्टामा ४७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले