२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

प्राकृतिक प्रकोप

बाढीपहिरामा परी १ सय ८ जनाको मृत्यु



काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।

यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव