२८ मंसिर २०८२, शनिबार । December 14, 2025

बागमती र मेलम्ची नदीले खरताको तह पार गर्यो, अन्य कुन–कुन नदीमा बढ्दैछ पानीको बहाव ?



काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ ।

मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ । नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती, सुनकोसी किनारमा सतर्कता अपनाउन भनिएको छ ।

यस्तै भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढिरहेको छ । १३ सय ९ मिटर जल सतह बढेको र बढ्ने क्रम रहेकोले भक्तपुरका खोला आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै बागमती नदीले पनि जल सतह पार गरेको छ । नारायणी नदीमा पनि बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

देवघाटमा रहेको स्टेसनले गरेको मापन अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटर जल सतह पार गर्दा खतराको तहमा हुने अवस्थामा हाल ८ दशमलव ४ मिटर जल सतह पार गरेको छ । यस्तै नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ । लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ ।

दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले