२८ मंसिर २०८२, शनिबार । December 14, 2025

शनिबार र आइतबार यी जिल्लाहरुमा छ बाढीको खतरा !



काठमाडौं । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका अधिकांश नदीहरुमा पानिको बहाव बढेको छ ।

जसकारण नदीहरुमा आकस्मिक बाढीको जोखिम बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिन अनुसार शनिबार अधिक पानि पर्ने सम्भावना रहेको छ । जसका कारणले शनिबार पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।

शनिबार र आइतबार वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै काठमाडौं उपत्यका भित्रका बागमती, विष्णुमती, हनुमन्ते, धोविखोला लगायतका नदीहरुमा पनि जलसतहले खतराको तह पार गर्ने भएकाले सचेत भएर सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।

यी बाहेक देशका पहाडी जिल्लाहरुमा पहिरोको त्रास समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले