८ आश्विन २०८३, बिहिबार । September 25, 2026

फौजदारी मुद्दामा अमेरिकाका पुर्व राष्ट्रपति ट्रम्प दोषी ठहर


१८ जेष्ठ २०८१, शुक्रबार  

9
Shares

काठमाडौं । पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । यो सँगै कुनै पनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प बनेका छन् । न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले पोर्न स्टार ड्यानियल्स सँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ ।

करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको