७ चैत्र २०८२, शनिबार । March 22, 2026

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ


२७ बैशाख २०८१, बिहिबार  

12
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाईदिने भन्दै छ जना पीडितहरू रु ३६ लाख तथा धर्मेन्द्रले युके पठाईदिने भन्दै दुई जना पीडितहरुबाट रु नौँ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका–६ बाट र धर्मेन्द्रलाई काठमाडौँ गोङगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताएका छन् ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो