६ मंसिर २०८१, बिहिबार । November 21, 2024

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य



काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।

विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ ।

त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए ।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए ।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त भएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बिहीबार) अमेरिकी डलर

बालकुमारीस्थित एक घरमा आगलागी, जुम्बा सेन्टर, फार्मेसी र पान पसल जलेर नष्ट

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी

आजको मौसमः आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

उकालो लाग्यो सुनको भाउ, आज तोलामा ९ सयले बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ

विश्वकप छनोटः मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको