१५ पुस २०८२, मंगलबार । December 30, 2025

इलाम–२ उपनिर्वाचन

कांग्रेस उम्मेदवार खड्का निरन्तर अग्र स्थानमा



इलाम । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का निरन्तर अगाडी देखिएका छन् ।

फाकफोकथुम गाउँपालिका–१ , २ र ३ को ४ हजार १ सय ८१ मत गणना गर्दा कांग्रेस उम्मेदवार खड्काले १ हजार ६ सय ४३ मत प्राप्त गर्दै अग्र स्थानमा देखिएका छन् भने नेकपा एमालेका सुहाङ नेम्वाङले १ हजार ६ सय १ मत सहित उनलाई पछ्याइरहेका छन् । अहिले सम्मको प्रारम्भिक मतपरिणाम हेर्दा नेम्वाङ र खड्काबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ४ सय ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बिु ३ सय ५ मतसहित चौथौ स्थानमा रहेका छन् । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई