२६ चैत्र २०८१, बुधबार । April 9, 2025

एसईई परिक्षा सुरु, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै



काठमाडौं । यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेबाट सुरु हुँदै छ ।

राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।

यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने भएका छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो ।

त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् । जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक