२३ माघ २०८१, बुधबार । February 5, 2025

सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति



काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडितहरुबीच ८ बुँदे सहमति भएको छ ।

बिहीबार सरकार र पीडितबीच भएको सहमतिमा अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने उल्लेख छ । सरकारसँग सहमति भएपछि बचतकर्ताहरुले यसअघि गर्दै आइरहेको आन्दोलन समेत स्थगित भएको छ ।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग समस्याग्रस्त सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने सहमति भएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सुदृढीकरण गरी समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ता छिटो सम्पन्न गर्ने पनि सहमति भएको छ ।

यो समितिको सिफारिसमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिम कसुर गर्ने सहकारी संचालक, व्यवस्थापक र कर्मचारीलाई कानून बमोजिम कारबाही गर्ने पनि सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर