९ चैत्र २०८२, सोमबार । March 23, 2026

बुधबारको मौसमः चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


७ चैत्र २०८०, बुधबार  

3
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी ,मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो कोशी ,मधेस, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी ,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali