१३ पुस २०८२, आइतबार । December 28, 2025

रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले



रामेछाप । रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन् ।

आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् । नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो । अहिले आगो निभाइएको छ ।

क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए ।

उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई