९ चैत्र २०८२, सोमबार । March 23, 2026

विश्वकै प्रदूषित सहरहरुको १० औँ स्थानमा काठमाडौं


१० माघ २०८०, बुधबार  

9
Shares

काठमाडौं । पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

बुधबार बिहान सम्म त काठमाडौं विश्वकै बढी प्रदूषित सहरहरुको १० औँ स्थानमा सूचिकृत भएको छ । हावाको प्रदूषण मापण गर्ने स्विजरल्याण्ड स्थित संस्था आइ क्यू एयरले काठमाडौंले संसारकै प्रदूषित सहरहरुको सुचिमा १० औँ स्थानमा सुचिकृत गरेको हो । हाल काठमाडौंको हावाको प्रदूषण १ सय ६६ एक्यूआई रहेको छ ।

हिउँदको समयमा लामो समय सम्म बर्षा नहुँदा त्यसको प्रत्यक्ष असर वायुमण्डलमा परेको विज्ञहरुले बताउँदै आएका छन् । जसका कारण देशका विभिन्न क्षेत्रमा वायूको गुणस्तरमा सुधार हुन सकिरहेको छैन् । आइक्यू एयरका अनुसार आइतबार देखि काठमाडौं उत्यकाको हावामा विशाक्त ग्यासमा मात्रा उच्च रहेको देखिएको छ ।

लामो समय पानि नपर्नु, धुवा धुलो धेरै हुनु र भारतका विभिन्न स्थानबाट आएको गहुँको भुसको धुँवा लगायतका कारणले काठमाडौं सहित नेपालका विभिन्न सहरहरुको वायु प्रदूषण उच्च भएको बुझिएको छ । आइक्यू एयरले सार्वजनीक गरेको तथ्याङ्क अनुसार भारतको दिल्ली विश्वकै प्रदुषित सहरहरुको १ नम्बरमा परेको छ ।

वायू प्रदुषण र शीतलहरकै कारण मंगलबार देखि दिल्लीमा हवाई र रेल सेवा समेत प्रभावित भएको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइय देखाएको छ । दोस्रो नम्बरमा पाकिस्तानको कराँची रहेको छ । त्यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । त्यस्तै भारतको कोलकत्तामा २ सय ५६,बंगलादेशको ढाकामा २ सय १५, बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७, म्यानमारको योगनको १ सय ७३, पाकिस्तानको लाहोर १ सय ७३, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआई मापन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर मानिन्छ । यसैलाई आधार मान्ने हो भने नेपालको वायू प्रदुषणले खतराको संकेत पार गरेको छ ।

त्यसैले अतिआवश्यक बाहेक बाहिर हिडडुल नगर्न र हिड्नै परे अनिवार्य रुपमा माक्सको प्रयोग गरेर मात्रै हिडडुल गर्न चिकित्सहरुले सुझाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो