४ पुस २०८२, शुक्रबार । December 19, 2025

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सय दिन, सरकार अझैँ अधुरै



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले विसं २०८० असोज २७ गते गठन भएको यस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याउनाका साथै सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता गरिएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले दस वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चारवटा निजी अस्पतालवाट सेवा दिन सम्झौता गरिएको, सङ्घीय सरकारबाट प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको, प्रदेशको पुनः नामकरण गर्ने आन्दोलनरत पहिचान पक्षधरसँग समस्या समाधानका लागि वार्ता समिति गठन गरिएको र अनुशासित चालक तथा सुरक्षित सडक अभियान प्रदेशका सबै स्थानमा सुरुआत गरिएको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध मन्थर पारिएको, प्रदेशमा उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु गरिएको, मोरङको लेटाङ–बुधबारेमा २९ दशमलव ६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण सुरु गरिएको उल्लेख गरे ।

यसैगरी कर्णाली प्रदेश सरकारलाई भूकम्पपीडितका लागि रु एक करोडका साथै राहत सामग्री उपलब्ध गराइएको, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमार्फत मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरङ्गा बजारमा तीनवटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गरिएको र रोजगार प्रवद्र्धनका लागि वेब पोर्टल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी प्रदेश सांसदहरुलाई सांसदको हैसियत प्रदान गर्न र प्रदेशको गरिमा बढाउन स्थानीय तहको अधिकार सुरक्षित गर्दै रु २५ लाखभन्दा बढीको मात्र योजनाहरू प्रतिस्थापन विधेयकमार्फत ल्याइएको उनले बताए । कार्यक्रममा प्रदेशका मन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रदेश सरकारअन्तर्गत कार्यालयका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले