५ चैत्र २०८२, बिहिबार । March 20, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सय दिन, सरकार अझैँ अधुरै


९ माघ २०८०, मंगलबार  

9
Shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले विसं २०८० असोज २७ गते गठन भएको यस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याउनाका साथै सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता गरिएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले दस वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चारवटा निजी अस्पतालवाट सेवा दिन सम्झौता गरिएको, सङ्घीय सरकारबाट प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको, प्रदेशको पुनः नामकरण गर्ने आन्दोलनरत पहिचान पक्षधरसँग समस्या समाधानका लागि वार्ता समिति गठन गरिएको र अनुशासित चालक तथा सुरक्षित सडक अभियान प्रदेशका सबै स्थानमा सुरुआत गरिएको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध मन्थर पारिएको, प्रदेशमा उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु गरिएको, मोरङको लेटाङ–बुधबारेमा २९ दशमलव ६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण सुरु गरिएको उल्लेख गरे ।

यसैगरी कर्णाली प्रदेश सरकारलाई भूकम्पपीडितका लागि रु एक करोडका साथै राहत सामग्री उपलब्ध गराइएको, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमार्फत मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरङ्गा बजारमा तीनवटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गरिएको र रोजगार प्रवद्र्धनका लागि वेब पोर्टल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी प्रदेश सांसदहरुलाई सांसदको हैसियत प्रदान गर्न र प्रदेशको गरिमा बढाउन स्थानीय तहको अधिकार सुरक्षित गर्दै रु २५ लाखभन्दा बढीको मात्र योजनाहरू प्रतिस्थापन विधेयकमार्फत ल्याइएको उनले बताए । कार्यक्रममा प्रदेशका मन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रदेश सरकारअन्तर्गत कार्यालयका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा