२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

राष्ट्रियसभा निर्वाचनः मतदानका लागि सम्पूर्ण तयारी पूरा



काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यस निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको