४ पुस २०८२, शुक्रबार । December 19, 2025

मध्यपहाडका समस्या समाधानका लागि सरकारलाई एमालेको ध्यानाकर्षण पत्र



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडका समस्या समाधान लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर एमालेले प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा कार्यान्वयन गर्न लिखित रूपले जानकारी गराएको हो । जसको कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको पनि एमालेले जनाएको छ ।

एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले