२२ माघ २०८२, बुधबार । February 4, 2026

बच्चालाई रोगबाट मात्रै जोगाउने कि रोगी राक्षसहरुबाट पनि ? उनीहरूको साथी अभिभावक कि एक्लोपन र डिप्रेसन ?

Solution One, Sex Education !!!



वेटा मामाजी और क्या करते है ? ऐसे, ऐसे पकडके गोदमे लेतेथे, पप्पी लेते थे, पप्पी लेते थे, और इधरभी पप्पी लेते थे, और इधरभी पप्पी लेते थे, और चक्लेट देके चलेजाते थे । ओ एम जी २ नामक हिन्दी चलचित्रमा सानी बालिकाले आँखाभरि आँसु बनाएर बोलेको उक्त डायलगले पुरानो घाउ बल्झिएर कसैले नुन छर्किदिए जस्तै भयो ।

खोई किन हो सिनेमा दोहोर्‍याएर हेर्नबाट आफुलाई रोक्नै सकिन । दोस्रो पटक हेर्दा पण्डित जीकी नातिनी, तीनै बालिका, मुख्य पात्रका रुपमा उभ्याइएका कान्तिशरण मुद्गलले दिएको सन्देस टेलिभिजनमा एक टकले हेरेको दृश्यले मन छिया छिया भयो । बालिकाको भोगाईलाई सिनेमाले मात्र एक मिनेट दश सेकेन्डमा समेटेको छ तर त्यो एक मिनेट दश सेकेन्डले मेरो पुरै बाल्यकालको कालो भोगाईलाई प्रतिबिम्बित गरिदियो ।

घरमा दशैंको टिका लगाएर फुर्किदै मामाघर हिडेकी, सात वर्षकी अवोध म । अठार वर्ष पुरानो कथा लेख्दै छु तर दृश्य आधा घण्टा अघि हेरेको सिनेमा भन्दा ताजा छ । मामाघर, मेरो मम्मीको पाँच जना दाजुभाई । कान्छो मामा हजुरबुबा हजुरआमासँग बस्नु हुन्थ्यो । मामालीको मुल घर । आगनबाट पिँडि उक्लिएर दायाँपटि हजुरआमा टुक्रुक्क बस्ने खाट, खाट सँगै आउना पाउना आमाको नजिकै बस्न सजिलो होस् भनेर बनाइएको फलैंचा, फलैंचा सकिदा पिडिको सिडि र देव्रेतिर अर्को खाट ।

मामालीको गोल ठुलो । दशैँमा छोरा छोरी, नातीनातिना, ज्वाँई, भानिजको जमातले आँगन भरिभराउ थियो । मलाई मामाहरु र मामाका छोराछोरीले अचम्मै चिज गर्ने । म पालैपालो एक पछि अर्कोको काख काखमै हुन्थेँ । घर, मामाघर सबैतिर अचम्मै मायाँ पाएकि र पुल्किएकी बच्चा थिएँ म । तर माया सँधै फुक्र्याउने, पुल्क्याउने, विषेश महसुस गराउने मात्रै नहुदो रहेछ ।

त्यस दिन मैले मामा साईनो लगाउन पर्ने गाउँकै एकजना व्यक्तिले मलाई मायाँ गरेको रे । मायालु बोलिले नजिकै बोलायो । काखमा राख्यो, स्यानी म उसको देव्रे तिघ्रामै अटाएँ । भिडभाडको माहोल, सबैजना आ–आफ्नै ताल सुर र गफमा मस्त थिए । त्यो मान्छेले विस्तारै मेरो हात उसको गुप्ताङ्ग माथि लगेर राख्योे । त्यो सहि थियो या गलत, मायाँ थियो या उसको बद्नियत, यी सबै छुट्याउन सक्ने सुझबुझ ममा थिएन । तर उसले गरेको मायाले मलाई निकै असहज महशुस भएको थियो ।

म उसको काखबाट ओर्लिए र मामाकी छोरी, दिदीको पछि लागेर माईलो मामाकोे घर तिर उक्लिएँ । राती म दिदी सँगै मुल घरको चोटामा सुतेँ । ममी सँगै बिछ्र्याइएको अर्को ओछ्यानमा सुत्नुभयो । बिहान म उठ्दा सबैजना मुख हात धोएर काम काज र चिया नास्तामा व्यस्त भइसकेका रहेछन् । म चोटाबाट ओर्लिन भर्‍यार्ङ्गसम्म पुगेको थिएँ आवाज आयो, नानु बाहिर चिसो छ किन उठेको सानो मान्छे यति बिहानै ? आउ ओछ्यानमै बस ।

त्यो मान्छे पनि हाम्रै घरमा सुतेको रहेछ । पछाडि फर्केर हेरे, मुटु काप्यो, उसले मेरो हात समातेर तान्यो म केहि बोल्न सकिन उसको छेउमै पल्टिए । उसको हात केहि बेरमै जथाभावी सलबलाउन थाल्यो । मेरो हात समातेर उसको सरिरमा जहाँतहिँ लैजान थाल्यो । मलाई असह्य भयो । चोटाबाट रुँदै चिच्चाउँदै तल ओर्लिएँ । तर कसैलाइ केहि भन्न भने सकिन ।

मेरा अविभावकलाई मैले सपना देखे जस्तो लाग्यो । कुरा त्यही खतम् । साँच्चै त्यो घटना सपनानै थियो । त्यो दिन ढलेपछिको रातको । त्यस दिन पछिका प्रत्येक रातको । मलाई सुत्न डर लाग्न थाल्यो । निद्राको डर होइन, डर थियो सपनाको । २१ वर्षको उमेरसम्म म रातभर निदाएको कुनै दिन सम्झिन्न ।

विस्तारै त्यो मेरो गल्ती थिएन भन्ने कुराको स्विकारोक्ती हुँदै गयो । यस्ता विषयमा म खुलेर बोल्न र सुन्न सक्ने भए । खुलेर बहस र यस्ता घटनाको विरोध गर्न थालेपछि धेरैको कथा सुनेँ । मेरा थुप्रै साथिहरुको कथा हुबहु रहेछ । फरक थियो त केबल फरक नाता सम्बन्धको खोलमा उस्तै बद्नियत भएका ब्वाँसाहरु । सानैदेखि सँगै हुर्केको निकै नजिककी साथीले आफ्नै बुबाबाट यौन हिंसा सहनुपरेको कुरा भक्कानिदै सुनाएपछि मेरो मुटु छिया छिया भएको थियो ।

यो ओ एम जी २ मा देखाईएको बालिकाको कथा मात्रै हाइन, न कथा मेरो र मेरा साथीहरुको मात्र । यो कथा कैयन बालिकाको हो कति अवोध बालकहरुको पनि हुन सक्छ । हामी सबै रुन्छौँ, रोयौँ । तर आँसुले त्रासदी र पिडा पखालेन । भोगाइले मानसिक रोग उपहार दियो । कस्सम ! कुनै पिताको काखमा उसकै सन्तान देख्दापनि थर्रर काप्ने भएकि थिएँ । थोरै कम तर शंका र असहजता अझै पनि छ ।

ति बालिकाले एक टक सँग हेरेको सन्देशमा मुद्गलले भनेका छन् , “बच्चोको छुपानेसे क्या होगा ? बात करेंगे, उनको सम्झाएंगे कि सहि स्पर्स, good touch, bad touch, क्या होवे है, तभीतो जाके वो अप्ने माता पितासे बात कर पाएंगे, उन्हे सम्झा पाएंगे ।”

हाम्रा केहि विद्यालयहरुमा पछिल्लो समय good touch, bad touch, को बारे बालबालिकालाइ ज्ञात गराउन थालिएको छ तर पाठ्क्रममा उल्लेख भने गरिएको छैन । आवश्यकता चरम छ जस्तो मलाई लाग्छ । अझ कसैको पहिलो विद्यालय घर र पहिलो गुरु बुबा आमा भनिन्छ । अरुसँग भन्दा बुबा आमा सँग बालबालिकाले सहज र सुरक्षित महशुस गर्छन् ।

यस्तोमा बालबालिकालाई समय दिनु, घरमा आउने जाने प्रत्यक व्यक्तिको स्वभाव र उसँग आफ्नो बच्चाको सहजताका बारे ध्यान दिनु, बच्चाको व्यवहारमा आएको स–साना परिवर्तन नियाल्नु र त्यस परिवर्तन पछाडीको कारण पत्ता लगाउनु, यो आमा बाबुको दायित्व हो । सहज, सरल र बुझ्ने गरि सानैबाट उमेर अनुसारको यौन शिक्षा दिँदै जाने हो भने बालबालिका र फक्रिदै गरेका किशोर किशोरीलाई, ठुला दुर्घटना र मानसिक यातना या रोगको सिकार बन्नबाट जोगाउन सकिन्छ । मेहेनत लाग्ला तर समाधान, रोकथाम सम्भव छ ।

बुबा कान्तिशरण मुद्गलले आफ्ना लागि लडेको मुद्दामा विवेकको Closing Statement बनेको डायलगले यौन शिक्षा सँग सम्बन्धित थुप्रै समस्याहरु उजागर गरेको छ । जसमा बहस, अध्यन र समाधानको बाटोको खोज अति अवश्यक छ ।

मुझे एै सब कौन सम्झानेके लिए है, जो google पे sex लिख्नेसे आता है ? There are terms like abuse, violence, एै सब कौन define करेगा मेरे लिए ? Sexually transmitted disease, inappropriate sexual behavior, unwanted pregnancies, misogynistic attitude, good touch, bad touch, consent, किसीका भिडियो बनाके अपलोड कर्देना, जो मेरे साथ हुवा । It’s too vast. जो भी मेरे साथ what I had to go through, my family had to go through, मै नहि चाहता कि एै किसी औरको भि सेहेना पडे । Please Sir !!!

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल