८ आश्विन २०८३, बिहिबार । September 25, 2026

पाकिस्तानमा आतङ्कवादी हमलामा तीन प्रहरीको मृत्यु


२५ पुस २०८०, बुधबार  

6
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको अस्पतालमा लगेका थिए । पाकिस्तानी सेना तथा सुरक्षाकर्मीले सम्बन्धित क्षेत्रमा उच्च सुरक्षाका साथ आक्रमणकारीहरूको खोजी सुरु गरेको छ ।

आक्रमणपछि आक्रमणमा संलग्न व्यक्तिहरू नजिकैको पहाडी क्षेत्रमा भाग्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको