८ मंसिर २०८१, शनिबार । November 24, 2024

कोशी प्रदेशसभाको सभामुखमा विष्ट सर्वसम्मत चयन



विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् ।

कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो  ।

सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभाको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।

दिउँसो ३ बजे पछि बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुर्खेतको पञ्चपुरीमा जिप दुर्घटना,१४ जना घाइते

सुर्खेत । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४

मेयर बालेन एमालेविरुद्ध परिचालित व्यक्ति हुन्ः एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर

अमेरिकी डलर, युरो र स्टर्लिङ पाउन्डको मूल्य घट्यो, कुवेती दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

आजको मौसमः काठमाडौंको तापक्रम घट्दो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भेगको मौसम सफा रहेको छ ।

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ