५ चैत्र २०८२, बिहिबार । March 20, 2026

पत्रकारको नेताबाटै श्रम शोषण


२२ पुस २०८०, आइतबार  

489
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र उपाध्यक्ष निर्मल ज्ञवालीले सञ्चालन गरेको झिल्को डटकममा कार्यरत सम्पादक फणिन्द्र फुयाललाई तलब नै नदिई संस्था छाड्न दबाब दिएको खुलासा भएको छ ।

सम्पादकको भूमिकामा रहेका फूयाल विगत ५ वर्षदेखि झिल्कोमा कार्यरत छन्। उनलाई जुगल र ज्ञवालीले पछिल्लो समय संस्था घाटामा गएको भन्दै श्रमदान गर्ने भए बस्नू नभए छाड्नु भन्दै दबाब दिएपछि उनले विभिन्न निकायमा गुहार समेत मागेको खुलेको छ ।

श्रमजीवी ऐनको लागू गर्नुपर्छ भन्दै पार्टीको झण्डामूनीको संगठनको नेतृत्व लिएर बसेका दुई नेताहरुले आफ्नै संस्थामा काम गर्ने पत्रकारलाई निर्मम ढंगले संस्था छाड्न बाध्य बनाउन लागेको पाइएको छ ।

सम्पादक फूयालले हेलो सरकारदेखि पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत सरोकारवाला निकायमा आफूलाई स–सम्मान काम गर्ने वातावरण मिलाइदिन अपिल गर्दै उजुरी नै दिएका छन् । हेलो सरकारमा दिएको उजुरीमा उनले राखेको मागलाई सम्बन्धित निकायमा पठाइसकिएको जवाफ आएको उनले जानकारी दिएका छन् ।

’श्रमजीवी पत्रकारका मुद्दा बोकेर हिड्ने नेताहरुको संस्थामा काम गर्न पाउँदा म खुशी नै थिए । कामको सुरक्षादेखि उनीहरुले श्रमको मूल्यलाई मर्न दिन्नन भन्ने मेरो अपेक्षामाथि घात भएको छ ।’ फूयालले भने, ‘श्रमजीवीको मुद्दा बोक्ने त परैको कुरा भयो । मलाई श्रमदान गर्न भनिएको अवस्था छ । म सिकारु पत्रकार पनि त होइन । विगत ५ वर्षदेखि सम्पादकीय नेतृत्वमा बसेर काम गरेको छु । उहाँहरु यो संस्थामा छिरेको केहि महिना नबित्दै मलाई जाउ भन्नुले पनि म आश्चार्यमा छु ।’

सम्पादक फूयालको विषयमा जिज्ञासा राख्दा झिल्कोका अध्यक्ष समेत रहेका ज्ञवालीले भोलि नै संगै बसेर मिलाउने बताएका छन् । ‘हामी झिल्कोमा संलग्न भएको धेरै भएको छैन् । हामी उहाँको पारिश्रमिक भोली नै व्यवस्था गर्छाैं । सहमतिमै उहाँले संस्था छाड्ने निर्णय गर्नु भएको हो’, उनले भने, ‘उजुरीका कुराहरु भावनात्मक पनि होलान् । समस्या हुँदैन । व्यवस्थापन हुन्छ ।’

अध्यक्ष ज्ञवालीले राखेको विषयबारे जिज्ञासा राख्दा सम्पादक फूयालले भने उनको कुरामा कुनै सत्यता नभएको बताएका छन् । आफूले संस्था छाड्ने विषयमा कहिल्यै पनि कुरा नगरेको फूयालको दाबी छ । काम गर्ने वातावरण मिलाइदिन निवेदन दिने मान्छेले छाड्छु भन्छ होला ? उनले प्रतिप्रश्न गरे ।
लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक भएर काम गरेका जुगलले सानो संस्थामा समेत पत्रकारलाई तलब नदिई श्रमदान गर भन्दै दिएको अभिव्यक्तिले उनको असली रुप बाहिरिएको टिप्पणी सुरु भएको छ । सम्पादक फूयालले असोजदेखिको पारिश्रमिक समेत नपाएको उजुरीमा उल्लेख गरेका छन् ।

पत्रकारको संगठनको नेतृत्व गरेपनि उनीसँग कुनै मिडियामा आवद्धता नदेखिएपछि उनीहरुले गएको बैशाखदेखि झिल्को डटकममा लगानीकर्ताको रुपमा आएको बताइन्छ । झिल्को लामो समयदेखि माओवादी धारलाई समाएर पत्रकारिता गर्दै आएको अनलाइन सञ्चार माध्यम पनि हो । त्यसपछि जुगल र ज्ञवाली भित्रिएपछि संस्थामा वितण्डा मच्चिएको आरोप लागेको छ ।

उसोतः जुगलमाथि रेडियो मिर्मिरेबाट उपकरणदेखि विभिन्न वस्तु कब्जा गरेर मैत्री एफएममा गएको आरोप समेत लागेको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा